चलचित्र तथा टेली चलचित्र क्षेत्रकी सुन्दरी मध्ये एक नायिका निशा अधिकारीले आफ्नो केश मुण्डन गरेकी छिन । उनले आफ्नो केश मुण्डन गरेको तस्वीर फेसबुक सञ्जालमा सार्वजनिक गरेकी छिन । यतिबेला अमेरिकामा रहेकी नायिका निशाले केश मुन्डन गरेको तस्बिर फेसबुकमा पोस्ट गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छन् ‘आफूले केश मुन्डन गरेको प्रत्येक पलको मज्जा लिइरहेकी छु ।’ त्यसैगरी निशाले पोस्टमा भनेकी छिन, आफ्नो मनको चाहना पुरा गर्नु पर्छ ।चलचित्र क्षेत्रमा उत्साहजनक सफलता पाउन नसकेपछि निशा अमेरिकातर्फ लागेको अनुमान मानिसले गरेका छन ।
पछिल्लो समय धेरै चर्चामा आइरहने निसा हालै मात्र क्रिकेटर शरद भेषवाकरसँगको प्रेमसम्वन्ध टुङ्गिएको समाचारले चर्चामा आएकी थिइन । पछि दुवैले समाचारको खण्डन गरेका थिए।







