पक्ष वा विपक्षको एकोहोरो विरोध र समर्थन भन्दा स्वविवेक प्रयोग गरौं : एन अार एन प्रवक्त्ता के सि

शनिबार हुन लागेको एनआरएनए अष्ट्रेलियाको निर्वाचनको लागि चुनावी रस्साकस्सी चलिरहेको छ । आगामि नेतृत्वका लागि विभिन्न राज्यहरूबाट उम्मेदवारी प्रस्तुत गरेका प्रतिष्पर्धीहरू आ–आफ्नो ढंगबाट चुनावी प्रचार– प्रसारमा लागि परेका छन् । यसैक्रममा असनेपालन्यूजले एनआरएनको चुनावलाई नजिकबाट नियालीरहेका विभिन्न महानुभावहरूलाई यस वारेमा सोधेका थियौँ ।

पढौँ, एनआरएनए अष्ट्रेलियाको निर्वाचनका सन्दर्भमा मन केसी, संस्थापक अध्यक्ष तथा प्रवक्ता ग्लोवल कमिटीको धारणा:
एनआरएनए अष्ट्रेलियामा निर्वाचनको सुन्दर माहौल देखिन्छ । करिव नेपाल राज्यकै चुनाव जस्तो देखिएको छ अहिले। निर्वाचनमा यति ठूलो लहर आउनुलाई हामीले एनआरएनकै उपलव्धिको रूपमा लिएका छौँ ।

एनआरएनले जनमानसमा ठूलै उत्साह ल्याउन सकेको रहेछ । एनआरएनए अष्ट्रेलियाको निर्वाचनलाई ग्लोवल कमिटीले नजिकबाट पनि नियालिरहेको छ । मलाई व्यक्तिगत हिसावले के लागेको छ भने अष्ट्रेलियाबासी नेपाली समूदाय सक्षम तथा सवल नेतृत्व चयनका लागि तम्तयार हुनुहुन्छ । उहाँहरूको सुझबुझका कारण एनआरएन अष्ट्रेलियाले गतिशील र योग्य नेतृत्व पाउने छ । अ र्को हामीले हेर्ने भनेको निर्देशिका र विधान मुताविक व्यवहारिक रुपमै निष्पक्ष चुनाव होस् भन्ने हो । त्यस्तै पछिल्लो समय एनआरएनको चुनावमा गुटबन्दी हुन थालेको र राजनीति हावी भयो भन्ने गुनासो पनि बढेको छ । विधानले ती सवै कुुरा हुनबाट त रोकेको छ तथापि केही समस्याहरू हुन सक्छन् । विधान विपरीत , अश्वस्थ प्रतिस्पर्धाले ल्याइएका नतिजा हाम्रा लागि योग्य हुंदैन। विस्तारै साथीहरूमा त्यो परिपक्वताको पनि विकास होला ।

आशा छ, यो निर्वाचनले राम्रो सन्देश प्रवाह गर्नेछ । एनआरएनए अष्ट्रेलियाकोे संस्थागत विकास र अष्ट्रेलियाबासी नेपाली समूदायका बृहत्तर विकासका लागि यो निर्वाचन कोशेढुंगा सावित हुनेछ ।
अस्ट्रेलिया ले एन आर एन मा नेत्रित्वदायी भूमिका खेलेको हुनाले यहाँको निर्वाचन प्रतिको चासो विश्व भरमै फैलनु अस्वाभाविक छैन । हामिलाई के लाग्छ भने विश्वका ७१ देशमा फैलिएको ४० हजार भन्दा बढी नेपाली को संगठनमा काम गर्न सबैलाई चासो बढ्नु स्वाभाविक हो ।

उम्वेद्वारको ध्रुविकरणको सवालमा म तदातालाई के भन्न्छु भने एउटा पक्षको सुचीलाई जरै उप्काउने र अर्को सुचीको उम्वेद्वारको पुरै समर्थनमा मत दिंदा तपाईंले सोचे जस्तो राम्रो ब्यक्ति नछानिन पनि सक्छ , ब्यक्ति छान्दा , उसको एन आर एन मा वा समाजका अन्य क्षेत्रमा के कति योगदान छ विचार गरेर मात्र उम्वेद्वार चयन गर्नु होला ।पक्ष वा विपक्षको एकोहोरो विरोध र समर्थन भन्दा स्वविवेक प्रयोग गरौं ।वाहिर देखिने र भित्रको  वास्तविकता फरक हुन सक्छ त्यसैले दवाव र आश्वासनमा हैन स्वविवेक ले उम्वेद्वार चयन गर्नु होला। मतदान को लागि सबै सदस्य हरू आफ्नो मताधिकार प्रयोग गर्न जानु होला भन्ने म अनुरोध गदर्छु ।

सम्बन्धित शिर्षकहरु