रानीबारी हत्याकाण्डकी एकमात्र साक्षीको यस्तो बयान

Ranibari killerअसार १७ । काठमाडौँ, चर्चित रानीबारी हत्याकाण्डकी एकमात्र साक्षी नाम परिर्वतन सिआइबी ५७ले जिल्ला अदालतसक्षम उपस्थित भएर बयान दिएकी छन्। मनराज गुरुङ र प्रमेश चौहानले खुकरी प्रहार गरी हत्या गरेको वकपत्र उनले दिएकी छन्।

बन्द इजलाशमा गराइएको बकपत्रमा साक्षी ५७ ले पटक पटक खुकुरी प्रहार गरी को मुत्यू भयो भनेपछि मात्र छोडेर हिडेको उनले बताइन्। आफूलाई पनि धारिलो हतियारले घाँटीमा हिर्काको र तर आफ्नो मृत्यू नभएपछि शौचालयमा लुकेर ज्यान जोगाएको उनले बताइन्।

राजधानीको रानीबारीस्थित गीता खड्काको घरमा डेरा गरी बस्ने हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको १२ वर्षअघि हत्या भएको थियो । १८ अनुसन्धान समिति, २ सय हाराहारी केरकारपछि पनि यो हत्याकाण्ड प्रहरीले सुल्झाउन सकेको थिएन।

अन्ततः हत्यामा संलग्न मनराज गुरुङ र प्रमेश चौहानलाई पक्रँदै सार्वजनिक गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु