असार १६ । काठमाडौँ, उद्योग वाणिज्य महासंघकोअ अध्यक्ष पदमा पशुपति मुरारका निर्विरोध हुने भएका छन् ।
अध्यक्षका प्रत्यासीद्वय भाष्करराज राजकर्णिकार र भवानी राणाले उम्मेदवारी फिर्ता लिए पछि मुरारका निर्विरोध अध्यक्ष बन्ने बाटो खुलेको हो । राजकर्णिकारले मंगलबार र राणाले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
महासंघ नेतृत्वका लागि सर्वसम्मत बनाउन पूर्व अध्यक्षहरूले निकै सक्रियता देखाएका थिए । असार १८ गतेका लागि निर्वाचनको मिति तय भएको थियो ।








