हातहतियार र कार सहित ४ जना पक्राऊ

असार १५ । काठमाडौं, रोल्पा गंकोट-४ घर भएका ३६ वर्षीय जयबहादुर घर्ती सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुको साथबाट मेड इन युएसए लेखेको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ ।

महानगरीय अपराध महाशाखा र प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार तारकेश्वर नगरपालिका-११ गोलढुंगास्थित निगालो रेष्टुरेन्टबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट १ थान म्याग्जीन, गोली ५ राउण्ड र बा ६ च ११५ नम्वरको मारुती सुजुकी कार बरामद भएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु