कोपा अमेरिकामा ब्राजिल घर फर्कियो

brazil football playerएजेन्सी, अर्जेन्टिनाले पेनाल्टी सुट आउटमा जित निकालेको भोलिपल्ट कोपा अमेरिकाको उपाधिको दाबेदार अर्को ब्राजिलको यात्रा क्वाटर फाइनलमै टुंगिएको छ ।

शनिबार बिहान भएको अन्तिम क्वाटर फाइनल खेलमा पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित भएपछि ब्राजिल घर फर्केको हो ।

प्रमुख स्ट्राईकर नेयमार प्रतिबन्धित रहेको ब्राजिलले निर्धारित ९० मिनेटको खेलमा लिएको अग्रतालाई जोगाउन नसक्दा पराजित भएको छ ।

ब्राजिलका लागि खेलको १५ औं मिनेटमा ड्यानी आल्भेसको पासमा रोबिन्होले अग्रता दिलाएका थिए ।

सो अग्रतालाई दोस्रो हाफको ७१ मिनेटसम्म कायम राखेको ब्राजिलले गोल खान पुग्यो । खेलको ७२ औ मिनेटमा पाएको पेनाल्टी पाराग्वेका लागि नतिजा उल्ट्याउन प्रयाप्त भयो ।

पेनाल्टीलाई सदुपयोग गर्दै पाराग्वेका डेर्लिस गोन्जालेजले खेललाई बराबरीमा ल्याए । त्यसपछिको निर्धारित समयमा गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा पाराग्वेले ४–३ को नतिजा निकाल्दै ब्राजिललाई घर फर्कायो ।

पेनाल्टी सुटआउटमा फर्नान्डिन्को, मिरान्डा र काउटिन्होले गोल गरे । ड्युग्लास कोस्टा र एभर्टन रिबेरियोले पेनाल्टी मिस गरे ।

पाराग्वेका लागि ओसभाल्डो मार्टिनेज, भिक्टोर, राउल बोबाडिला र डेर्लिस गोन्जालेजले गोल गरे । पाराग्वेका रोक्यु सान्ता क्रुजले मात्र पेनाल्टी मिस गरेका थिए ।

ब्राजिललाई घर फर्काएको पाराग्वेको भेट सेमिफाइलनमा अर्जेन्टिनासँग हुने भएको छ ।

सम्बन्धित शिर्षकहरु