‘मुलुकलाई युद्धमा धकेल्ने षड्यन्त्र हुनसक्छ’

baburam-bhattaraiअसार १२ । पोखरा, एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले आषाढ मसान्तभित्र संविधान जारी हुने दाबी गरेका छन् ।

क्रान्तिकारी पत्रकार संघ कास्कीले शनिबार पोखरामा गरेको कार्यक्रममा नेता भट्टराईले ‘अब पनि कुनै बहाना बनाएर संविधान जारी नगर्ने हो भने प्राप्त उपलब्धि खोसेर देशलाई फेरि युद्धततर्फ फर्काउने षड्यन्त्र हुन सक्ने’ बताए ।

उनले ‘राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिले नयाँ संविधान बन्ने सुनिश्चित भएकाले संविधानसभाबाट संविधान बनाउने लक्ष्य छिट्टै पूरा हुने स्पष्ट पनि पारे ।

सम्बन्धित शिर्षकहरु