कुनै शक्त्तिको चलखेलबाट संविधान रोकिदैन : अध्यक्ष ओली

kp-oliअसार १० । नुवाकोट, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयको हेरफेर भएपनि असार मसान्तभित्र नयाँ संविधान जारी गरेरै छोडिने दावी गर्नु भएको छ ।नुवाकोटको ओखरपौवामा पार्टीले आज आयोजना गरेको एक समारोहलाई सम्बोधन गर्दै उहाले सन्विधानका विरुद्ध धेरौ चलखेल भएपनि १६ बुँदे सहमति अुनसारनै असार मसान्तभित्र नयाँ संविधान जारी हुने बताउनु भयो ।

एक महिने राष्ट्रिय स्वयंसेवक अभियानका टोलीलाई विदाइका लागि आयोजित यस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै पनि आदेश, फैसला र चलखेलबाट संविधान रोक्न नसक्ने दावी गर्नु भयो । उहाले संविधानसभालाई आदेश निर्देशन दिने ताकत कसैसँग नभएको पनि ठोकुवा गर्नु पर्छ । १६ बुँदे सहमतिको विरोध गर्नेहरुले पनि संविधान रोक्न नसक्ने उहाको भनाई थियो ।
ओलीले राष्ट्रिय स्वयंसेवक अभियानका क्रममा एमालका कार्यकर्ताले भूकम्प पीडित बस्तिका २५ हजार परिवारलाई अस्थायी घर र एक हजार भन्दा बढि विद्यालय भवन बनाइदिएको जानकारी दिन्नु भयो ।
एमाले नेताहरु हरि राई, कैलाश ढुंगेल, राजेन्द्र लोहनी लगायतले स्वयंसेवक अभियानमा गरिएका कामको जानकारी पनि ओलीले गराउनु भएको थियो ।

सम्बन्धित शिर्षकहरु