एमाले नेता थापा हत्याका अभियुक्त पक्राउ

असार १० । काठमाण्डौ,नेकपा एमालेका जिल्ला नेता शिव थापा मगरको हत्याकाण्डका मुख्य अभियुक्त टेकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । विक्रम भनेर चिनिने तामाङ लामो समयदेखि विभिन्न अपराधमा संलग्न रहदै फरार रहेका थिए । तामाङलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले काठमाण्डौबाट असार ५ गते पक्राउ गरि ६ गते जिल्ला प्रहरी कार्यालय धादिङलाई बुझाएको हो । जिल्ला प्रहरी कार्यालय धादिङले जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशअनुसार तामाङलाई कारागार चलान गरिएको छ।

जिल्ला प्रहरी कार्यलय धादिङको मुद्दा शाखाका प्रहरी निरीक्षक बासुदेव थापाका अनुसार, काठमाडौंबाट पक्राउ परि धादिङमा बुझाईएपछि तामाङलाई जिल्ला अदालतमा बुझाएकोमा अदालतको पहिल्यै अभियुक्त ठहर गरेकाले कारागार पठाउने आदेश दिएको हो।

२०६७ सालमा दशै मनाउन घर गएका बेला एमाले जिल्ला सदस्य थापालाई टेकबहादुरको समुहले नियन्त्रण लिइ घाँटी रेटेर हत्या गरि भीरमा फालिदिएको थियो। तत्कालिन् नेकपा माओवादीको भातृसंगठन वाइसिएल सदस्य समेत रहेका टेकबहादुर शिव थापाको हत्याको आरोपमा मुछिएपछि जिल्लाका दुई ठुला दलका बीच राजनैतिक विवाद निम्तिएको थियो।
थापाको हत्यामा टेकबहादुरको संलग्नता रहेको आरोप लागेपछि माओवादीले घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको भन्दै विरोध जनाएको थियो। हत्यामा अन्य फरार अभियुक्तहरुको खोजीका लागि बिशेष अभियान नै संचालन गरिरहेको प्रहरीले एक पछि अर्को सफलता पनि हात पार्दै गएको दावी गरेको छ।

सम्बन्धित शिर्षकहरु