आगामी असार १९ अर्थात जुलाई ४ का दिन हुने एनआरएन अष्ट्रेलियाको निर्वाचनमा सुरेन्द्र सिग्देलले आफ्नो तयारी तिव्र पारेका छन् ।
को हुन् सिग्देल ?
जन्मघर तनहुँ भएका सिग्देल व्यवस्थापकीय भूमिकामा अव्वल मानिन्छन् । नेपालमा रहँदा विभिन्न संघ–संस्थामा काम गरिसकेका सिग्देलले अष्ट्रेलियामा पुगेपछि पनि संघसंस्थासंगको संलग्नतालाई निरन्तरता दिंदै आएका छन् । सन १९९८ देखि एनएडीएफमा आवद्ध उनी त्यसको दुई पटकसम्म अध्यक्ष बनेर काम गरिसकेका छन् । एनआरएन अष्ट्रेलियाको दुई कार्यकाल सदस्य र एनआरएन आइसीसीको कार्यकारी सदस्य बनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको अनुभव बटुलेका सिग्देल अष्ट्रेलियामा रहँदा कष्टुमर सर्भिस असिस्टेन्ट र एकाउन्टेन्ट जस्ता पेशा अंगाल्दै हाल शिक्षा र आप्रवासी सम्बन्धी परामर्श दाताको रूपमा कार्यरत छन् । उनले अव हुने चुनावी प्रतिस्पर्धा पनि रचनात्मक र गुणात्मक हुने विश्वास व्यक्त गरेका छन् । उनले एनआरएनभित्र राजनीतिक आग्रह र पूर्वाग्रह बिना काम गर्नुपर्ने र एनआरएनमा लाग्नेहरूले सामाजिक हितका लागि निरन्तर सक्रिय रहनुपर्ने कुरामा जोड दिंदै आएका छन् ।
प्रजातन्त्रवादीको रूपमा परिचित सिग्देलले विभिन्न संघसंस्थामा राजनीतिक रूपमा भन्दा पनि संस्थाको नेतृत्व क्षमता, योग्यता र अनुभवका आधारमा जिम्मेवारी सुम्पन सदस्यहरूलाई आग्रह गरेका छन् । सिग्देलले एनआरएन अष्ट्रेलियालाई नेतृत्वदायी संस्थाको रूपमा विकास गर्ने मुख्य लक्ष्य राखेका छन् ।
यस्ता छन् भावी योजना
उनले अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरूको हितका लागि विद्यार्थी कल्याणकारी कोष स्थापना गर्ने, युवाहरूका लागि रचनात्मक कार्यक्रमक्तिहरूलाई विभिन्न अवसर उपलव्ध गराउने, नेपालमा दलित र वर्र्ष कम्तिमा २० जनालाई छात्रवृत्ति प्रदान गर्ने, नेपालका भूकम्प पीडितहरूलाई सहयोग गर्न २०० भन्दा बढी घर निर्माण गर्ने लगायतका एजेण्डा प्रस्तुत गरेका छन् ।
त्यस्तै अष्ट्रेलियन सरकारका विभिन्न आधिकारिक संस्थाहरू र नेपालीहरूका संघ–संस्थासंग समन्वय गरि नेपाली समुदायलाई फाइदा पुग्ने सामाजिक काम गर्नुका शिक्षा लगायतका क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन पहल गर्ने सिग्देलले जनाएका छन् । यसैगरी एनआएनएले यसअघि ल्याएका तर पूरा हुन नसकेका कार्यलाई पूणता दिने र एनआएएन अन्तर्राष्ट्रिय समन्वय समितिका कामलाई सहयोग गर्ने लक्ष्य समेत उनले राखेका छन् ।








