मालपोतका नासु ५० हजार घुससहित अख्तियारको फन्दामा

असार ८ । कावासोती,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको कावासोतीस्थित मालपोत कार्यालयमा कार्यरत नायबसुब्बालाई ५० हजार घुससहित पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिम क्षेत्रिय कार्यालय पोखरा अन्तर्गतको सम्पर्क कार्यालय बुटवलको टोलीले कृष्णप्रसाद पोख्रेललाई मंगलबार विहान सिर्जना खाजा घर रकुवा होटलबाट पक्रेको हो ।
कावासोतीका जग्गा व्यापारी नारायणप्रसाद पौडेलले मालपोत कार्यालय कावासोतीका नायव सुब्बा कृष्णप्रसाद पोख्रेललाई उक्त रकम दिनु भएको थियो । ५७ वर्षीय पोखरेल पोखरा उपमहानगरपालिका-२४ कास्कीका स्थायी बासिन्दा हुनुहुन्छ । उहाले लालपुर्जा दिनका लागि एक सेवाग्राहीबाट घुस लिएको बताइएको छ ।पक्राउ परेको पोख्रेलले आफूले कुनै घुस नमागेको र विदामा बसेको दिनमा पनि काम छ भन्दै बोलाएर फसाएको भयो ।उहा मंगलबार कार्यालयमा पनि उपस्थित हुनु भएको छैन । अख्तियारका लेखा अधिकृत धनिश्वर पौडेलले आफूहरुले रंगेहात पक्राउ गरेको र अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।

सम्बन्धित शिर्षकहरु