अज्ञात व्यक्त्तिको गोली प्रहारबाट एक जनाको मृत्यु

असार ८ । धनगढी, धनगढी नगरपालिकामा अज्ञात व्यक्त्तिले हानेको गोली लागेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
धनगढी नगरपालिका-५ स्थित पुरानो बस्ती,जाली चोकमा आज दिउसो चलेको गोली लागेर भारतीय नम्बर प्लेटको मोटरसाइकल चालकको मृत्यु भएको हो मृतकको नाम भने खुल्न सकेको छैन ।
मोटरसाइकलको पछाडि सवार अपरिचित व्यक्तिले चालकलाई गोली हानी फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । गोली लागेर मृत्यु भएका मोटरसाइकल चालकको शव सेती अञ्चल अस्पताल पुर्याइएको छ ।मोटरसाइकलको पछाडि सवार भारतीय मूलको जस्तो देखिने व्यक्तिले चालकमाथि गोली प्रहार गरेलगत्तै फरार रहेको बताइएको छ । प्रहरीले गोली हान्ने अज्ञात व्यक्त्तिको खोजी गरिरहेको छ ।

सम्बन्धित शिर्षकहरु