ज्यालादारी कामदारलाई लाभ हुने विधेयक पारित

जापान, जापानमा अस्थायी कामदारलाई निश्चित Flag-of-Japan-300x187अवधिभित्र स्थायी गर्नुपर्ने विधेयक त्यहाँको तल्लो सदन डायटले पारित गरेको छ । यसअघि यो विधेयक दुई पटक पारित हुन सकेका थिएन ।

डायटले अस्थाई कामदारलाई पूर्णकालीन रोजगारीमा प्रोत्सहान गर्ने उद्देश्यले तयार भएको यो बिधयकले कानुनी मान्यता पाउनका लागि अब माथिल्लो सदनमा जाने छ ।

जापानको विपक्षी लोकतान्त्रिक पार्टी भने उक्त विधयकको विपक्षमा उभिएको छ । विधेयकमा कामदारको समय अवधि तीन बर्ष तोकिएको छ ।

तीन बर्ष सोही हैसियतमा काम गरेका कम समयका कामदारलाई कम्पनी वा रोजगारदाताले पूर्णकालीन बनाउनु आवस्यक हुने छ ।

यो प्रावधानलाई लिएर विपक्षी पार्टीहरुले भने तीन बर्ष भन्दा कम समयमा रोजगारदाताले अस्थाई कामदारलाई हटाउने संभावनामा बृद्धि हुने र यसले गर्दा बेरोगारी बढ्ने बताउँदै आएको छ ।

सम्बन्धित शिर्षकहरु