असार ३ । झापा, भूकम्पका कारण विद्यालयका भवन भत्किएपछि अस्थायी टहरा निर्माणका लागि अनेरास्ववियु झापाले बाँस सङ्कलन अभियान सुरु गरेको छ ।
सिन्धुपाल्चोकमा विद्यार्थीलाई पठनपाठनका लागि सहज बनाउन अस्थायी टहरा निर्माणका लागि अनेरास्ववियुले बाँस सङ्कलन अभियान सुरु गरेको हो ।
अभियानअन्तर्गत झापाको बाहुनडाँगीबाट ३६१ घना, काँकडभिट्टाबाट २१० घना, खुट्टीडाँगीबाट ३६२ घना र शान्तिनगरबाट १०६ घना तथा आसपासबाट थप केही गरी एक हजार १०० घना बाँस सङ्कलन भइसकेको नेकपा ९एमाले० विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख अशेष घिमिरेले जानकारी दिनुभयो ।
सङ्कलित बाँसले सिन्धुपाल्चोकमा लगेर विद्यालयका अस्थायी टहरा निर्माण गर्ने बताइएको छ ।








