नेपालद्वारा भारत पराजित

जेठ ३२ । काठमाडौँ,  ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताका लागि भारत भ्रमणमा रहेकोे नेपाली टोलीले भारतको हिमाञ्चल प्रदेशलाई अभ्यास खेलमा ६१ रनले पराजित गरेको छ ।

भारतको धर्मशाला क्रिकेट मैदानमा आज भएको सो प्रतियोगितामा टस हारेर पहिले व्याट्ङिको निम्तो पाएको नेपालले हिमाञ्चललाई ६१ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जीत दर्ता गराएको हो । त्यस्तै हिजो भएको पहिलो खेलमा नेपालले हिमाञ्चललाई पाँच विकेटले पराजित गरेको थियो ।

नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२२ रन जोड्यो । त्यसक्रममा उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रनको योगदान गरे । त्यस्तै सोमपाल कामीले २४, शरद भेसवाकरले ११, शक्ति गौचनले नौ, सुवास खकुरेलले पाँच, सागर पुन चार तथा कप्तान पारस खड्का एक रनमा नै सिमित रहे ।

त्यसैगरी जवाफी व्याटिङमा उत्रेको हिमाञ्चल १४ दशमलव ३ ओभरमा ६१ रन जोड्दै अलआउट भयो । हिमाञ्चलका लागि सुमित बर्माले १८ रन हासिल गरे ।

हिमाञ्चललाई ६१ रनमा समेट्ने क्रममा नेपालका सोमपाल कामीले तीन विकेट लिए भने जितेन्द्र मुखिया र शक्ति गौचनले समान दुई÷दुई तथा करण केसीले एक विकेट लिएका थिए ।

सम्बन्धित शिर्षकहरु