काठमाडौं, ललितपुर र भक्तपुरलाई संकटग्रस्त क्षेत्र घोषणा

जेठ ३१ । काठमाडौं,शक्त्तिशाली भूकम्पपछि क्षतविक्षत बनेको काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लालाई एक बर्षका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घरहरु तथा भौतिक संरचना क्षतिग्रस्त काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।भूकम्पले क्षति पुर्‍याएका र तत्काल भत्काउनु पर्ने भवनहरु भत्काउनका लागि त्यससम्वन्धी कार्यविधिसमेत बैठकले स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिनु भयो ।
यस्तै सरकारले पुनर्निर्माण कोषमा रकम जुटाउनका लागि एनआरएन अध्यक्ष शेष घेललाई विशेष दूतका रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।
पर्यटनमन्त्री कृपासुर शेर्पाको अध्यक्षतामा राष्ट्रिय पर्यटन प्रबर्द्धन समिति गठन गरिएको छ भने ।यस्तै रक्षा मन्त्रालयअन्तर्गत केही सहायक रथी र महासेनानीहरुको पदावधि थप्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद बैठकले कायम मुकायम महालेखा नियन्त्रकमा राजेन्द्र नेपाल र नेपाल ट्रष्टको कार्यालयको कायम मुकायम सचिवमा केदारबहादुर अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षकहरु