लामो खडेरीका कारण धेरै ठाँउमा प्रचन्ड गर्मी

जेठ २५ ।काठमाडौं,तराई क्षेत्र तथा काठमाण्डौ लगायतका जिल्लाहरुमा केही दिन अघिदेखि बढेको गर्मी अझै बृद्धी हुने मौसमा विदहरुले बताएका छन । मनसुन सुरु हुनु अझै केही समय लाग्ने भएकाले गर्मी बढ्ने मौसम पूर्वानुमान शाखाले जनाएको छ । मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्याधिक गर्मीले जनजीवन प्रभावित भएको छ । मौसम पूर्वाअनुमान मशाखाका मौसमविद् मीनकुमार अर्यालले मनसुन सुरु हुन अझै केही समय लाग्ने बताउनुभयो । पूर्वभन्दा पश्चिम क्षेत्रमा गर्मी बढी रहेको छ । पूर्वी नेपालमा भोलिदेखि केही कम हुने र पश्चिम नेपालमा ४–५ दिन उस्तै मौसम रहने पनि विभागले अनुमान गरेको छ ।

सम्बन्धित शिर्षकहरु