मधेसी दलहरू राष्ट्रिय सरकारको विपक्षमा

जेठ २०  । काठमाडौँ, सत्तारुढ कांग्रेस र एमालेसहित प्रमुख प्रतिपक्षी एमाओवादीसमेतले राष्ट्रिय सहमतिको सरकार गठनसहित संविधान र भूकम्पपछिको पूनर्निमाणका लागि सैद्धान्तिक सहमति जनाउँदै गर्दा विपक्षी गठबन्धनभित्रका मधेसी दलहरु यसको विपक्षमा उभिएका छन् ।

फोरम लोकतान्त्रिकबाहेकका मधेसी दलहरुले संविधानका अन्तर्वस्तुमा सहमति नभई राष्ट्रिय सहमतिको सरकार गठन हुनु असान्दर्भिक हुने तर्क गर्दै आफूहरु यसमा सहभागी नहुने बताएका छन् ।

सोमबार बिहान एमाओवादीसहितको सात दलीय गणतान्त्रिक मोर्चामा संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सरकार बनेमात्रै संविधान निर्माण र पुनर्निमार्णको कामले पूर्णता पाउने भन्दै आफूले यसका लागि गरेको प्रयासमा ढुक्क हुन मधेसी दलहरुसहित अरु पार्टीसग आग्रह गरेका थिए ।

तर संविधानका विषयमा वैशाख १२ अघिसम्म जारी मतभेद अन्त्य नगरी सत्तारूढ दलहरूको लहैलहैमा विपक्षी लाग्न नहुने भन्दै ती दलले एमाओवादीलाई सचेत गराएको बैठकमा सहभागी तमलोपाका एक नेताले बताए । समाचार आजको कन्तिपुर दैनिकमा छ ।

सम्बन्धित शिर्षकहरु