दोस्रो शक्त्तिशाली भूकम्प पछि मनिसहरु फेरी सडकमा

वैशाख २९ । काठमाडौं,विनाशकारी भूकम्पको १७ दिनपछि दोहोरिएको दोस्रो ठूलो भूकम्पको धक्कासँगै राजधानी लागायत आसपासका काठमाडौंको जनजीवन फेरि त्रसित बनेको छ । प्रथम पटक गएको भूकम्पले सामान्य बन्दै गएको जनजीवन आज फेरी मध्यान्ह गएको अकल्पनीय भूकम्पले सर्वसाधारण फेरी सडकमा फर्कन बाध्य भएका छन । वैशाख १२ गतेको पहिलो भूकम्पपछि जस्तै मनिसहरु घर बाहिर निस्किएर पाल टागेर बसेका छन ।मध्यान्ह करीव १ बजेको ठूलो भूकम्प गएको । सडकमा गाडी र मोटरसाइकलहरु रोकेर राखिएका छन् । पसलहरु बन्द गरेर सर्वसाधारण बाहिर खुला ठाउँमा निस्किएका छन् ।
सबैले आफन्तलाई फोन गरिरहेका कारण टेलिकमको नेटवर्कले राम्रोसँग काम गर्न सकेको छैन । भूकम्पबाट थप भौतिक संरचनाहरु भत्किएका छन ।

सम्बन्धित शिर्षकहरु