असनेपालन्युज सिड्नी। । काठमाडौंमा मंगलवार १२ बजेर ५२ मिनेटमा ७. ३ रेक्टरस्केलको भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभागले सो कुराको जानकारी दिएको हो। भूकम्पको मुख्य केन्द्र सुनखानी र कोदारी भएको बताइएको छ । ७.३ रेक्टरको भुकम्प पछी पनि लगातार ५.६, ५.५ र ६.२ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पपछि मानिसहरु घरबाट बाहिर आएका छन् । वैशाख १२ गतेको ७.८ रेक्टर स्केलको भूकम्पले त्रसित मानिसहरुमा फेरि भूकम्पले त्रास फैलाएको छ। बिस्तारै सामान्यजनक बन्दै गएको जीवन फेरी त्राशदी पूर्ण बन्दै गएको छ।वैशाख १२ पछि आएको यो दोस्रो ठूलो भूकम्प हो । वैशाख १२ गते ७.८ रेक्टर स्केलको भूकम्प आए पश्चात केही कम्पनहरु आइरहेका मध्ये यो ठुलो हो । आजको भूकम्पबाट राजधानीबासीहरु वैशाख १२ मा जस्तै त्रसित देखिएका र भूकम्पको डरले राजधानीबासीहरु सडकमा निस्किएका छन् ।पसल ,सुचारु भएका सबै कल -कारखाना, बिमान्स्थल सबै बन्द भएका छन् । पहिलो धक्कापछि सानातिना पराकम्पहरु पनि आउने क्रम रोकिएको छैन ।भूकम्पको क्षतिको पूर्ण विवरण आइसकेको छैन । थपा जानकारीको लागि असनेपालन्युज पढ्दै गर्नु होला ।








