भदौं २५, काठमाडौं । हामी हाम्रो बच्चाको लागि सधै राम्रो कुरामात्र रोज्ने गर्दछौ । खाना होस वा अन्य कुरा अभिभावक सधै सचेत रहने गर्दछन । तरअर्जेन्टिनामा भने ठिक उल्टो भएको छ । त्यहाँका एक अभिभावकले जवरजस्ती आफ्नो छोरीलाई चुरोट र रक्सी खुवाएका छन । यति मात्र होइन छोरीलाई जबर्जस्ति चुरोट र बियर खुवाएर भिडियो समेत बनाए ।
१७ वर्षिया आमा र १८ वर्षीय बाबुले छोरीलाई बियर चखाउँदै हाँसिरहेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । भिडियो भाइरल भएपछी अर्जेन्टिना प्रहरीले बाबुआम दुबैलाई घरबाट नै पक्राउ गरेको छ ।
किशोर आमा बाबुको सर्वत्र आलोचना भैरहेको छ भने बाल अधिकारकर्मीहरुले बालिकालाई आमा बाबुबाट टाढा लागेका छन् ।








