अमेरिकी लडाकु विमानले विराटनगरबाट त्रिपाल ढुवानी गर्‍यो

वैशाख २८ ।पथरी,भारतको पश्चिम बङ्गाल सरकारबाट प्राप्त त्रिपाल अमेरिकी लडाकु विमान (ओस्प्रे)ले विराटनगर विमानस्थलबाट काठमाडौँ ढुवानी गरेको छ ।विमानले सोमबार तीनवटा उडान भर्दै पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले झापाको सीमामा नेपाललाई हस्तान्तरण गरेको त्रिपाल ढुवानी गरेको हो ।

काठमाडौँ लैजाँदै गर्दा सुनसरीमा ट्रक बिग्रेर अलपत्र परेको त्रिपाल विराटनगर विमानस्थल ल्याएपछि अमेरिकी विमानबाट ढुवानी गरिएको हो ।मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले करिब पाँच हजार त्रिपाल हवाई मार्गबाट काठमाडौँ ढुवानी हुने बताउनु भयो ।

सम्बन्धित शिर्षकहरु