विनोद पौडेल ,सिड्नी , टेम्पे ।
जब जब अशान्ति बढ्छ , तब तब शान्तिको महत्व बढ्छ । बुद्द शान्ति, करूणा र दया को प्रतिक हुन् र उनको जयन्ति यस्तै कुरामा केन्द्रित हुनु पर्छ । यस्तै गरियो सिड्निमा बुद्द जयन्ति। जन्म भुमिमा भएको महाभुकम्पको पीडामा यो दिन उपचारको दिवस मनाइयो । भुकम्प गएको समय ११ बजेर ।५६ मिनेट मा सबै मिलेर मौन धारण गरे। के खेलाडि, के ब्यवसायी , के कर्मचारि, के विध्यार्थी सबै दु:खमा एकाकार बने । लामा रिन्क्पोछे सेराप को पूजा र प्रवचन बाट शुरु भएको सो बुद्द जयन्ति तथा प्रार्थना दिवस सबैको लागि मानसिक राहत बन्न पुग्यो । यस्तै जीवन अनित्य छ र अनित्यताको वोध गर्नु ,प्रज्ञा बोध को मार्ग पहिचान गर्ने हो भन्ने भीमसेन सापकोटा द्वारा गराएको विपश्यना ध्यान मा सबैको चासोपुर्ण उपस्थिति रह्यो । नेपाललाई सहयोग गर्न स्रोत समेत जुटाउन सो अवसरमा दान सँकलन मात्र गरिएन बरू शान्ति दीप र नेपाली झण्डा सहित को मौन शान्ति र्यालि नेपाल प्रति सद्भाव जनाउने अवसर बन्यो । २८ वटा फुटबल खेलाडि को खेल समुह , न्यु साउथ वेल्स का अबैतनिक महावाणिज्यदुत दीपक खड्का , गैर आवसिय नेपाली संघ (एन आ एन ) का माहासचिव भरत पोख्रेल , कार्यकम संयोजकहरू अरुण तमाङ्ग , युग्म गुरुङ , समुदायको तर्फबाट पदम शाक्य लगायतले आ-आफ्ना तर्फबाट बुद्द शान्ति र वर्तर्मान पिडाको बारेमा आ-आफ्ना धारणा राख्नु भयो । कार्यक्रमलाई सघाउन नेपालबाट आउनु भएका अभिभावक हरूको समेत वाक्लो उपस्थिति अहेइो थियो । सामुहिक ध्यान , एकता र सद्भाव बढाउन कार्यकम सहायक बनेको आयोजक मध्येका एक ईन्द्र गुरुङ असनेपालन्युजलाई बताउनुहुन्छ । सो अवसरमा गरिएको विपश्यना ध्यान र प्रवचन मार्फत हरेक देश र समाजमा दु:ख आउंछ तर हरेक दु:ख परिवर्तनशिल हुन्छ , यो दु:ख पनि छिट्टै सकिन्छ , मात्र खांचो छ त धैर्य र शाहसको ।कार्यकम टेम्पे पार्क मा आयोजना गरिएको थियो भने विपश्यना ध्यान , बुद्द शन्देशको प्रचार , शान्ति दिप प्रज्वलन , श्रद्दान्न्जलि कार्यक्रमको आकर्षण रहेको थियो । कार्यकमको सँचालन विपश्यी तथा सँचारकर्मी भीमसेन सापकोटाले गर्नु भएको थियो ।
फोटो : रविन्द्र कुमार शर्मा ।








