मर्ने हरूलाई श्रद्दान्जली , बांच्नेहरूलाई साथ

IMG_0654सिड्नी । असनेपालन्युज । महाविपत्तिको शुक्रवार तेर्‍हौं दिन वित्यो । हजारौंको काज कीरिया सकियो । मर्नेहरू अव ईतिहास बने तर बांच्नेहरूको पीडा अझै सकिएको छैन । यो महाभुकम्पको पीडाले संसारभाका मानिसहरूलाई अझै पोलिरहेको छ । यस्तै विदेशमा बस्ने नेपालीहरूको मन मुटुमा लागेको घाऊको पीडा हरेक तवरले ब्यक्त गरिंदै छ ।अस्ट्रेलियाको सिड्निमा बसोबास गर्ने नेपाली र नेपाल प्रेमिहरूको समुहले शुक्रवार एकै साथ भेला भएर दु:ख बांढे र साहस जोडे सिड्नी स्थित मार्टिन प्लेसमा । गैर आवसिय नेपाली संघ (एन आ एन )ए र नेपाली महावाणिज्य दुतावासको कार्यालयको संयुक्त रुपमा आयोIMG_0663 जित शान्ति दीप प्रज्वलन तथा श्रद्दान्जली कार्यक्रममा धेरै नेपाली र विदेशिले आंशु थाम्न सकेनन्।” नेपालको महाभुकम्पमा परि मर्ने हरूलाई श्रद्दान्जली , बांच्नेहरूलाई हाम्रो साथ । सिङ्गो नेपालको पछाडि हामि विदेशका नेपाली र नेपाल प्रेमि छौ ” सबै वक्ताहरूको अभिब्यक्ति यसरि नै अभिब्यक्त भयो । आफ्नो ३० वर्षे यात्राा अवधीमा ५० पल्ट नेपालमा पुगेका र नेपाललाई आफ्नो प्यारो घर माने क्रिस वाल्कर वोल्ल्दा -वोल्दै भक्कानिए । कार्यक्रमको समाप्ति सँगै असनेपालन्युज प्रतिनिधि सँग वाकरले भने ‘विश्वकै उपचार घर नेपालमा चाहे जति भुकम्प आवोस हामी जस्ता नेपाल प्रेमि रहे सम्म नेपालको पुनर्निर्माणमा कुनै समस्या हुने छैन । यस्तै अस्ट्रेलियाका विभिन्न राजनीतिक दलका नेता तथा शुभ-चिन्तक हरूले एकै साथमा आ-आफ्ना पीडादायी मर्म पोखे । श्रद्दाको वत्ती जल्यो , झण्डा आधा झुक्यो । सिड्निको मुटु ‘मार्टिन प्लेस ‘मा सबैको साझा सम्झना बन्यो नेपाल। सबैले एकैसाथ पीडावोध गरे र नेपाल पूनर्नीर्माणमा एकैसाथ सबैले सहयोग गर्ने प्रतिवद्दता पोखे । महावाणिज्यदुत दीपक खड्काको अभिब्यक्ति थियो , आंशु पुछ्द्दै अव हामी नेपाललाई पुर्वावस्थामा पुर्‍याउन तन मन र धन लगाए आ-आफ्नो स्थान बाट उठ्छौं , । एन आर एन ले बनाउने भनेको १ हजारवटा घरको बारेमा अहिले गृहकार्य गरिंदै रेहेको र उद्दार पछि अब एन आ एन पुनर्स्थापना तर्फ लाग्ने एन आर एन आइ सि सि का प्रवक्ता मन के सि असनेपालन्युजलाई बताउनुहुन्छ । देश दुख्छ , तर सम्हालिएर अब नयाँ आशा जगाउंदै विदेशका नेपालीहरूले अगाडि बढ्नु छ एनआर एन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र वलि को स्वरमा सारा प्रवासि नेपालीको भावना सम्मिलित थियो । मार्टिन प्लेस मा मात्र हैन अस्ट्रेलियाका सबै स्टेटमा यस्तै शान्ति र साहस दिप जल्ने जलाउने क्रम जारि छ , घायल देशलाई फेरी जागाउन । अस्ट्रेलियाबाट आ-फ्नो ब्यक्तिगत र संस्थागत तवरले देशलाई सहयोग गर्ने मनहरू बढी रहेका छन्। वास्तवमा कागज र नागरिकतामा हैन मन सँग गांसिएको राष्ट्रियता अझ मजबुत हुने रहेछ , आज यहि अनुभुति देखांउछ्न् नेपाल वाहिरका ३० लाख नेपालीइहरू ।

By Bhimsen Sapkota 

 

सम्बन्धित शिर्षकहरु