एबिसी र तमु समाज सिडनी गोरखाद्वारा राहत वितरण

पोखरा, अमरसिंह ब्याइज क्लब एबिसी र तमु समाज सिडनी गोरखाले जिल्लाको भ्याल्चोक गाबिस मिलिम वडा नं २ का भूकुम्प पीडितलाई राहात सामाग्री बितरण गरेको छ । गत बैशाख १२ गते भुकम्पबाट प्रभाबित स्थानियबासीहरुलाई तमु समाज सिडनीले संकलन गरेको रकममा एबीसीका स्वयंसेबीहरुको संयुक्त्त पहलमा बितरित राहात सामाग्री मा ब्लाइकेट एकसय १४ थान,म्याट्रेस पांचरोल,३० केजीको ४० बोरा चामल,दाल तीन सय केजी,तेल एकसय लिटर,नुन एकसय केजी,त्रिपाल १०० थान,साबुन १०० थान,चाउचाउ १०० कार्टुन ३०० प्याकेट क्याण्डिल,सोलार चार्रजर ३ थान तथा आवश्यक औषधीहरु समेत बितरण गरिएको एबिसीका राजकुमार गुरुङले जानकारी दिनु भयो ।अमरसिंह ब्याइज क्लब एबिसी पोखराको खेलकुद क्षेत्रमा कृयाशिल रहंदै आएको छ ।

सदरमुकाम देखी अति दुर्गम स्थानमा रहेको मिलिममा राहात बितरण गर्नका लागी तमु समाज सिडनीका संस्थापक अध्यक्ष प्रेमकाजी गुरुङ एबीसीका अध्यक्ष राजेश गुरुङ,राज कुमार गुरुङ,मनकाजी गुरुङ,बिशन गुरुङ,सुरज गुरुङ,काशी बस्याल,अनुप गुरुङ,बिदुर गुरुङ,युग गुरुङ ,सन्तोस गुरुङ लगायतको टोली पुगेका थिए । राहात सामाग्री बितरण पछि तमु समाज सिडनीका संस्थापक प्रेमकाजी गुरुङले सुखमा रमाउने र दुखमा एकजुट हुने नेपालीको परम्परालाई निरन्तरता दिनका लागी आफुहरु त्यस ठाउंमा पुगेको बताउंदै यस्तो बिपदको बेला आफुहरु संधै सहयोग सहयोग गर्न तयार रहेको बताएका छन । गत बैशाख १२ गतेको महाभुकम्पले त्यस स्थानका ३ वटा गाउं मध्ये ८८ वटा घर पुर्णरुपमा क्षतिग्रस्त बनेको छ भने ५ जनाको निधन भएको थियो ।

सम्बन्धित शिर्षकहरु