वैशाख २३ ।धुलिखेल,विनाशकारी भूकम्पका कारण चर्किएको घरमा बस्दा काभ्रेमा एक महिलाको पुरिएर मृत्यु भएको छ ।
काभ्रेको खार्पाचोक गाविस–४ की ५२ वर्षीया सानुमाया तामाङको चर्किएको घर लड्दा पुरिएर मृत्यु भएको हो ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त तामाङको घर आज बिहान ४ बजेर ४० मिनेटमा गएको सानो भूकम्पको धक्काका कारण भत्किएको थियो ।चर्किएको घरभित्रै सुतिरहेकी तामाङको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश घर विनाशकारी भूकम्पका कारण भत्किएका छन भने कतिपय घर चर्किएका छन् ।
यस्तो घर भूकम्पको सानो धक्काले पनि भत्किने भएकाले त्यस्तो घरमा नबस्न प्रहरीले आग्रह गरेको छ ।








