भारतबाट नेपाल ल्याइएका थोत्रा कपडा फिर्ता गर्न निर्देशन

बैशाख २३ ।काठमाडौं, भूकम्पपीडिको लागि भारतबाट ल्याइेका पुरान लुगाहरु वितरण नगर्न गृह मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भारतबाट प्राप्त २२ पोकाका लुगा प्रयोग भैसकेको पाइएकोले ती वितरण नगर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
दैवीप्रकोपमा परेका पीडितलाई पुराना लुगा दिँदा राम्रो सन्देश नगएकाले त्यस्ता थोत्रा कपडा सहायताका नाममा उठाउन र वितरण गर्न विगत दुई वर्षदेखि बन्द गरिएको बताउनुभयो । त्यसैले भारतबाट प्राप्त त्यस्ता कपडा फिर्ता पठाइदिन निर्देशन गरिएको प्रवक्ता ढकालले जानकारी दिनु भयो ।

सम्बन्धित शिर्षकहरु