कालीगण्डकी नदी थुनिएर बनेको ताल फुट्यो

असनेपाल न्युज सिड्नी – म्याम्दीको राम्चेमा पहिरो खसेर थुनिएको काली गण्डकी नदी सामान्य अवस्थातर्फ फर्किएको छ । केही समय अघी नदी थुनेर बनेको ताल फुटेको छ। यो समाचार बनाँउदा सम्ममा कुनै मानवीय तथा भौतिक क्षति भने भएको छैन । करिब आधा घन्टा जती नदी ठूलो आएपछि क्रमिक रुपमा पानीको सतह घटेको छ ।
म्याम्दीका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार तालको पानी सकिएको छ र कालीगण्डकी नदी अब पुरानै बहावमा आएको छ । ‘सानोतिनो पहिरो गरिरहेता पनि तालमा रहेको पानी सकिएको  जानकारी दिएका छन्। म्याग्दीको राम्चे गाविस ९ मा पहिरो खस्दा मध्यरातदेखि कालीगण्डकी नदी थुनिएको थियो । जसका कारण २ किलोमिटर लम्बई र एक समय मिटर गहिरो ताल बनेको थियो ।
आइतबार कारीब ५ बजे देखी तालबाट पानी बग्न सुरु भएको थियो । नदी थुनिएर ताल बनेपछि बेनी बजारसहितका क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ भने ८ जिल्लाका नदी किनारमा सतर्कता अपनाइएको छ।

सम्बन्धित शिर्षकहरु