पुननिर्मार्णका लागि राजनीतिक संयन्त्र गठन गर्न निर्देशन

काठमाडौं,सभामुख सुवास नेम्वाङ नेतृत्वको राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले राहत तथा पुननिर्मार्णका लागि स्थानीयस्तरमा राजनीतिक संयन्त्र गठन गर्न निर्देशन दिएको छ ।विशेष समितिको बुधबार बसेको बैठकले भूकम्प प्रभावित जिल्लामा सर्वदलीय राजनीतिक संयन्त्र एक साताभित्र गठन गरेर विपत व्यवस्थापनको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै केन्द्रमा दुई दिनभित्र राजनीतिक संयन्त्र गठन गर्न समेत सरकारलाई निर्देशन दिइएको नेम्वाङले बताउनु भयो ।
समितिले भूकम्प प्रभावित क्षेत्रमा राहत,पुनस्र्थापना र पुननिर्माणका कार्यक्रमलाई सर्वदलीय संयन्त्रको माध्यमबाट विभेदरहित र प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

 

सम्बन्धित शिर्षकहरु