काठमाडौं,नेपाली कांग्रेसका सभासद गगन थापासहितको टोलीले नुवाकोटको कुमरी गाउँमा आएर भूकक्प पीडितहरुको लागि ४८ वटा अस्थायी घर टहरा निर्माण गरिदिएर सहयोग गरेका छन ।
सभासद थापाको साथमा कालिगढ तथा थापाथलीका ईन्जिनियरिङ कलेजका ४० भन्दा वढी ईन्जिनियरहसतको टोलीसँगै आएका थिए । टोलीले घर बनाउन आवश्यकजस्ता पाता, वाँस, लगायत सामाग्रीहरू लिएर गएका थिए भने काठ स्थानीय परिवारले जुटाएका थिए ।नेता थापाले उक्त गाउँमा ४८ अस्थायी घर बनाइएको जानकारी दिनु भयो । कुमरी गाउँमा थापको टोलीले एक नाले र दुई नाले घरहरू बनाएका छन् ।
सामाग्री र स्रोत साधन भएको ठाँउमा दुर्इ नाले उपयुक्त भएतापनि सिमित स्रोत साधन भएको ठाँउहरूमा एक नाले घर उपयुक्त देखिएको भन्दै थापाले सरकारले प्रस्तुत गरेको नमुना अस्थायी घरमा एक नाले घरलाई राख्न सुझाव दिनु भयो ।








