वैशाख ३ ।भीमदत्तनगर,बैतडीको कुवाकोट गाविसमा परेको चट्याङमा परी एक शिक्षकको मृत्यु भएको छ ।
बुधबार साँझ परेको चट्याङबाट कुवाकोट गाविस-२ का ४५ वर्षीय वीरबहादुर साउदको मृत्यु भएको प्रहरी चौकी पुरचुडीहाडले जनाएको छ ।
घर फर्किने बेला पानी परिरहेकाले बाटो छेउकै मन्दिरमा ओत लागि रहेका बेला चट्याङ पर्दा साउदको घटनास्थलमै मृत्यु भएको हो ।
साउद स्थानीय लटिनाथ प्राविका स्थायी शिक्षक हुनुहुन्थ्यो ।








