पूर्व पोर्नस्टार सनी लियोनले कयौ अवतारसहितको भूमिका निर्वाह गरेको नयाँ चलचित्र ‘एक पहेली लीला’ लाई दर्शकलाई मोहित गराएर एक दिनमै साँढे पाँच करोड कमाएकी छिन । सनी लियोनको ग्रामीण युवतीको भूमिकालाई दर्शकले बढी मन पराएको कारण लियोनले सफलता पाएकी हुन । उनको यो चलचित्रले सफलताको सिंढी चढ्न थालेको छ।चलचित्र रिलिज भएको पहिलो दिनमै ५.३० करोड कमाई गरेपछि सनी लियोन पनि दंग छिन् । यसलाई उपयुक्त ओपनिङ मानिएको छ।
चलचित्रका लागत करिब १५ करोड भएको बताइएको छ। यही रफ्तारमा चलचित्रले कमाई गर्ने हो भने चलचित्र राम्रो मुनाफामा जाने अनुमान गरिएको छ।







