बर्दिया राष्ट्रिय निकुञ्जमा १५ वटा घडियाल गोही छाडियो

Crocodile-Adventuresवैशाख २ ।बर्दिया,बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने कर्णाली नदीमा लोपोन्मुख १५ वटा घडियाल गोही छाडिएको छ । वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्ज विभागको अनुमति अनुसार पाँच वटा भाले र दश पोथी घडियाल गोही संरक्षणका लागि प्राकृतिक वासस्थान मानिने निकुञ्जभित्र पर्ने कर्णाली नदीको लालमटीया र गैँडा मचानमा छाडिएको हो ।

झन्डै १० किलोदेखि १५ किलोसम्म तौल रहेका चार वर्ष उमेरका घडियाल गोही कर्णाली नदीमा छाडिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।
यसअघि गत वर्ष फागुनमा पनि २० वटा घडियाल गोही बबई नदीमा छाडिएको थियो ।

सम्बन्धित शिर्षकहरु