एसिड आक्रमण गर्ने जीवनविरुद्द ज्यान मार्ने मुद्दा दायर

acid-acctacker-Jiwan-Bk 1काठमाडौं, ट्युसन पढ्न गएकी दुई किशोरीमाथि एसिड आक्रमण गर्ने जीवन विकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले १२ वर्ष कैद सजाय माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विकले ज्यान दिने नियतले आक्रमण गरेको दाबीसहित प्रहरीले मुलुकी ऐनको ज्यान सम्वन्धी महलको १५ अनुसार १२ वर्ष कैद सजाय माग गर्दै आइतबार दायर गरिएको हो । ज्यान सम्वन्धी महलको १५ मा हतियार र प्रज्वलनशील पदार्थले आक्रमण गरेमा ५ देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।विकले गत फागुन ११ गते बसन्तपुरमा ट्युसन पढिरहेका दुर्इ किशोरी संगीता मगर र सीमा बस्नेतलाई एसिड छ्यापेका थिए ।
विक चैत ६ गते पक्राउ परेका थिए । उनले बदला लिन संगीतालार्इ लक्षित गरी एसिड छ्यापेका थिए । आरोपित विकलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।रामेछाप जिल्ला फुलासी गाविस घर भई टोखामा डेरा लिई बस्दै आएका २० वर्षीय जीवन विकलाई उनकै डेराबाट यही चैत ५ गते राति महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।

सम्बन्धित शिर्षकहरु