असनेपालन्युज , सिड्नी। अस्ट्रेलियामा रहेका विभिन्न विधाका उत्कृष्ट नेपाली वाल वालिकाहरू विच एक विषेश प्रदर्शनि तथा सम्मान कार्यक्रम हुने भएको छ। नेप्लिज अस्ट्रलियन असोसिएशन ( एन ए ए ) को आयोजनामा उक्त्त ‘चिल्ड्रेन नाइट ‘Nepalese Children Talent Night ‘सम्पन्न हुन लागेको हो। संस्थाका अध्यक्ष उमेश पन्तका अनुसार गीत , संगित, खेल , नाटक , वक्तब्य ,लेखन लगायत समुदायका विभीन्न क्षेत्रमा अग्रस्थानमा रहेका वालवालिका हरूले सो अवसरमा भाग लिने छ्न्। सहभागी मध्ये हरेकले हरेक विधामा अग्रता हासिल गरे वापत विशेष सम्मान र पुरस्कार प्राप्त गर्ने छन्। नेपाल बाट चर्चित वाल गायक प्रेम परीयार र अर्का गायक हेमन्त शर्मा लाई सो कार्यक्रमको अतिथि प्रस्तोता बनाइने तयारी भएको सो कार्यक्रम २३ मे २०१५ मा एस् बजे ओरियन फङ्शन सेन्टर क्याम्प्सि मा आयोजना हुने आयोजकहरूले जनाएका छन्। ३ देखि १८ वर्ष सम्मका वालवालिका हरूको प्रस्तिस्पर्धा हुने सो कार्यक्रमले नेपाली समुदायको स्थिति र स्थान लाई पहिचान गराउने जसले नेपाललाई सकारात्मक रुपमा विश्व सामु चिनाउन सजिलो हुने अध्यक्ष पन्त असनेपालअन्युज
समाचार अनलाइन लाई बताउनुहुन्छ।





