एनआरएन एएनसी कतारका कार्यसमिति सदस्य दाहालको निधन

कतार।एनआरएन एएनसी कतारका कार्यसमिति सदस्य तथा समाजसेवी सोया दाहालको सडक दुर्घटनामा परी काठमाडौँमा निधन भएकोमा कतारमा कार्यरत नेपाली सङ्घसंस्थाले नेपाल सरकारसँग क्षतिपूर्तिको माग गरेका छन । कतारबासी नेपाली समुदायका अग्रज एवम् सक्रीय समाजसेवी सोया दाहालको सडक दुर्घटनामा परी चैत २४ गते मङ्गलबार काठमाडौँमा निधन भएको थियो । सोमबार साँझ टिपरले ठक्कर दिँदा वीर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो ।

उहाँ दाङ देउखुरी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार एवम् नेपाली महिला समाजको सल्लाहकार पनि हुनुहुन्थ्यो ।कतारमा स्थानीय कम्पनीमा कार्यरत दाहाल बिदामा घर फर्किनुभएको थियो । उहाँले मंगलबार नै कतार फर्किने हवाई टिकट लिनु भएको थियो । श्रम स्वीकृति लिई फर्किने क्रममा मोटरसाइकलमा सवार हुँदा उहाँलाई ठक्कर दिइएको थियो । उहाँका श्रीमान् र छोराछोरी छन् ।

घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनाका साथै आफूहरुलाई उचित क्षतिपूर्ति प्रदान नगरिएसम्म शव नउठाउने भनी पीडित परिवार तथा आफन्तले धर्ना दिँदैआएका छन् ।

सम्बन्धित शिर्षकहरु