शाहरुख खान र काजोल फेरी संगै फिल्म खेल्ने

 चैत्र २, काठमाडौ-बलिउडको सर्वाधिक चर्चित जोडी साहरुख खान र काजोल पछिल्लो फिल्म माइ नेम इज खान पछाडी पर्दामा संगै देखिएका छैनन । अब भने छिट्टै यो जोडीलाई संगै चलचित्रमा देख्न पाइने भएको छ ।

चेन्नई एक्सप्रेसका निर्देशक रोहित सेट्ठीले यो जोडीलाई पुनः दोहोर्‍याउन लागेका छन् । उनको नयाँ फिल्म ‘दिलवाले’ का लागि रोहितले शाहरूख र काजोललाई लिड रोलका लागि कास्टिङ गरिसकेको जनाएका छन् भने फिल्ममा वरुण धवन र कृति स्यानोनको जोडी पनि हुने उनले बताए ।

उनले फिल्म एक्सन वा कमेडी कुन श्रेणीमा बन्छ भन्नेबारे ‘एक्सन-कमेडी’ बन्ने जवाफ दिँदै पहिले नदेखिएका एक्सनदेखि एकदमै फन्नी पनि हुने जिकिर गरे । रोहित बलिउडमा सय करोड कटाउने फिल्मका मेसिन मानिन्छन् । यसपटक उनले एक्सन एक्सपर्टलाई विदेशबाट झिकाएरै फिल्म बनाउने भएका छन् । रेड चिल्लिजको ब्यानरमा बन्ने फिल्म आगामी सातादेखि सुटिङमा जाने भएको छ ।

दुई दशकअघि नै सुपर डुपर हिट भएर तहल्का मच्चाएको शाहरूख खान र काजोल अभिनीत फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएगे’ यतिबेला फिल्म हलमा पुनः रिलिज भएको छ । उक्त फिल्मबाट शाहरूख-काजोलको जोडीलाई दर्शकले अत्यधिक रुचाए । यो जोडीका अन्य फिल्म ‘कुछ कुछ होता है’, ‘बाजिगर’, ‘कभी खुसी कभी गम’ र ‘माई नेम इज खान’ पनि हिट भए ।

सम्बन्धित शिर्षकहरु