चैत्र २, काठमाडौँ- जुम्लाबाट कालिकोट जाँदै गरेको ना४ख ४९७० नम्बरको बस जुम्लाको रारारिही सडकखण्डमा दुर्घटना हुँदा १३ जना यात्रुको ज्यान गएको छ। दुर्घटनामा थप १५ जना घाइते भएका छन् ।
बिहान जुम्लाबाट कालिकोटका लागि हिडेको उक्त बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो।
बसपार्कबाट ९ जना यात्रुको चलानी लिएर कालिकोटको मान्मका लागि छुटेको बसमा २९ जना सवार थिए। जसमध्य एक जना सकुसल रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्दारको लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। बसका चालक र सहचालक दुवैको मृत्यु भएको र अन्यको सनाखत नभएको प्रहरीले जनाएको छ।
बस जुम्ला सदरमुकामबाट ३० किलो मिटर टाढा दुर्घटनामा परेको हो । बाटो चिप्लो भएर बस पल्टिएको अनुमान प्रहरीले गरेको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।








