मापसे गर्नेलाई ५० हजारसम्म जरिवाना

mapaseचैत २ ।काठमाडौ,मादक पदार्थ सेवन तथा अन्य नशालु पदार्थ प्रयोग गरी सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना लगायत नँया कडा कानुन ल्याइने भएको छ ।त्यसैगरी सरकारले मापसे गर्नेलाई अनिवार्य कैद र लाइसेन्स खारेज गर्ने समेत जनाएको छ ।

हाल मापसे गरी सवारी चलाउनेलाई बढीमा हजार रुपैयाँ, लाइसेन्समा प्वाल पार्ने र चेतनामूलक कक्षा लिनेसम्म मात्र सजाय हुन्छ ।यसले मापसे गरी सवारी चलाउनेमा उल्लेख्य कमी नआएपछि चालकलाई कस्न बढी सजायको दायरा बढाउन लागिएको हो । ट्राफिक प्रहरीले निकालेको तथ्याङ्क अनुसार सवारी दुर्घटनाको प्रमुख कारण मापसे भएकोले सरकारले मापसे सम्बन्धि कडा ल्याउन लागेको हो ।

सम्बन्धित शिर्षकहरु