राजधानीमा दुर्गन्ध बढ्दै

kathmandu-ko-fohorचैत १ ।काठमाडौ,नुवाकोटको सिसडोलमा लगेर फालिने फोहोर त्याँहा फाल्न नपाएपछि राजधानीमा दुर्गन्ध बढ्दै गएको छ । तीन दिनदेखि फोहोर फाल्न नपाएपछि उपत्यकामा दुर्घन्ध बढ्दै गएको हो । काठमाडौं महानगरपालिकासँग आबद्ध ११ वटा कर्मचारी संघसंगठनले फोहरमैला व्यवस्थापनमा कर्मचारीको सुरक्षाको प्रत्याभूति नहुन्जेल काममा फर्कन नसक्ने भन्दै फोहर उठाएका छैनन ।
फोहर बोक्ने निजी क्षेत्रको ट्रकले किचेर बालक रिजन बलामीको बुधबार दिउँसो निधन भएपछि सिसडोलका स्थानीयले महानगरपालिकाका सवारी साधनमा आगो लगाएका थिए ।
ललितपुर, कीर्तिपुर र महानगरपालिका आसपासबाट महानगरपालिकाले दैनिक ९ सय टन फोहर संकलन गरी नुवाकोटको सिसडोल लैजाने गरेको थियो ।

सम्बन्धित शिर्षकहरु