फागुन २५ ।कालीकोट, चट्याङ लागेर कालीकोटको फुकोट गाविस-२ मा दुई जनाको मृत्यु भएको छ ।
गएराति परेको चट्याङमा परी फुकोट गाविस–२ का वर्ष ४० का कृष्णप्रसाद न्यौपाने र वर्ष ५० का प्रेम टमाटाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू गाउँभन्दा चार घन्टा टाढा पर्ने सिप्टी लेकमा स्याउको बेर्ना रोप्नको लागि गएका थिए ।
उनीहरूले विगत पाँच वर्षदेखि स्याउलगायतका बिरुवा उत्पादन गर्दै आएका थिए । प्रहरी चौकी स्युना राजकोटबाट गएको प्रहरी टोलिले घटनाको अनुसन्धान गरिरहेको छ ।








