काङ्रेसकै पालामा संविधान बन्छ :: मन्त्री सिंह

फागुन १९ ।इलाम,उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो पार्टीको नेत्रित्व गरेको बेलामा नै संविधान जारी हुने दावी गर्नु भएको छ । उहाले संविधान जारी गरुञ्जेलसम्म एमालेसँग मिलेर अघि बढ्ने बताउँदै एमाओवादी र एमाले सरकारमा हुँदा गर्न नसकेको काम काङ्रेसकै पालामा हुने बताउनु भयो ।नेपाली काँग्रेस इलामद्वारा आज आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सिंहले प्रधानमन्त्री सुशील कोइरालाले पनि वार्तामा बोलाएर त्यहीँबाट समस्याको समाधान खोज्न आग्रह गरिरहेको भन्दै सडकमा गएर कराउँदैमा केही नहुने बताउनुभयो ।

उहाले सकेसम्म अधिकतम सहमतिमा संविधान जारी गर्ने बताउनुभएको छ ।मन्त्रीसिंहले आन्दोलन छाडेर वार्ताको माध्यमबाट समस्याको समाधान गर्न विपक्षी दलहरुलाई आग्रहf गर्नुभयो ।

सम्बन्धित शिर्षकहरु