
एजेन्सी । गएराति भएको प्रिमियर लिगमा चेल्सीलाई हडल्सफिल्ड टाउनले चेल्सीलाई १-१ गोलको बराबरीमा रोकेको छ । च्याम्पियन्स लिगका लागि छनोट हुन चेल्सीलाई जित हासिल गर्नु अति आवश्यक थियो भने रेलिगेशनबाट बच्न हडल्स फिल्डलाई खेल जित्नु वा बराबरीमा रोक्नु अत्यावश्यक थियो । खेलमा अग्रता हडल्सफिल्ड टाउनले लियो ।
हडल्सका लागि लउरेन्टले गोल गरे । तर, मार्को एलोन्सोले बराबरी गोल गरे । यो बराबरीसँगै चेल्सीको ३७ खेलमा ७० अंक भएको छ भने हडल्सफिल्डको ३७ अंक रहेको । गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर सिटीले ब्रिंटन होभ एल्भियनलाई ३-१ गोलले पराजित गरेको छ ।
टोटनह्यामले न्युक्यासल युनाइटेडमाथि महत्वपुर्ण जित हासिल गर्दै शिर्ष तीनमा स्थान बनाउन सफल भएको छ । उता आर्सनललाई झट्का लागेको छ । आर्सनललाई लेइसेस्टर सिटीले ३-१ गोलले पराजित गरेको छ ।






