नेपाली आठ बर्षे निर्देशक सौगातले बनाए विश्व रेकर्ड

 saguatsaguat 1

फागुन ७, काठमाडौँ- ‘लभ यु बाबा’ निर्देशन गरेका आठ वर्षे वालक सौगात विष्टले संसारमै सबैभन्दा कम उमेरमा सिनेमा निर्देशन गरेर विश्व कीर्तिमान कायम गरेका छन् । फिल्म निर्देशन गरेर विश्व किर्तिमान राख्ने बिष्ट पहिलो नेपाली निर्देशक हुन्।

कम उमेरमा फिल्म निर्देशन गरेको भन्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले सौगातलाई ‘सबैभन्दा कान्छो उमेरको फिल्म निर्देशक‘को उपाधि दिएको छ ।

गिनिजमा लेखिएको छ ‘सौगात विष्ट ब्यवसायिक रुपमा फिचर फिल्म बनाउने संसारमै कान्छा निर्देशक हुन् । उनले निर्देशन गरेको फिल्म रिलिज हुँदा उनको उमेर जम्मा  ७ वर्ष ३ सय ४० दिन थियो ।

सौगातले नेपाल चलचित्र निर्देशक समाजको सदस्यता पनि लिएका छन् । नायक गजित बिष्टका छोरा सौगातले भारतीय एक वालक निर्देशकको रेकर्ड तोडेका छन् ।

 

सम्बन्धित शिर्षकहरु