काठमाडौँ, काङ्रेस सभासद् हरिबहादुर खड्काको निधन गम्भीर प्रकृतिको भएको छानबिन समितिले ठहर गरेको छ । पार्टी सभापति सुशील कोइरालालाई बुधवार प्रतिवेदन बुझाउँदै छानबिन समितिका संयोजक दिलेन्द्रप्रसाद बडूले घटना दुर्गम ठाँउमा भएको र सडकबाट केही तल गाडी खसेकोले तत्काल सहयोग गर्ने वातावरण नभएका कारण गम्भीर प्रकृतिको बन्दै गएको जानकारी दिएको छ ।
तीन सदस्यीय सो समितिमा कमल पङ्गेनी र रोमी गौचन थकाली सदस्य हुनुहुन्थ्यो ।
संयोजक बडूले भन्नुभयो—“हामीले स्थलगत अध्ययन गर्यौँ, दुर्घटनास्थल एकदम दुर्गम ठाउँमा भएकाले अन्यत्रबाट मानिस आउने अवस्था थिएन ।” उहाँले वैकल्पिक व्यवस्था नहुँदा घाइतेलाई पोखरा विमानस्थलमा एक घन्टा ४० मिनेट पर्खन परेकाले काठमाडौँ ल्याउनसमेत ढिलाइ भएको बताउनुभयो । सभास्द खड्का गत मङ्सिर २२ गते बाग्लुङ सदरमुकाम जाँदै गर्दा घटना भएको थियो । सभासद खड्का नेपाली काँग्रेसबाट निर्वाचित बाग्लुङ क्षेत्र नं १ का सभासद हुनुहुन्थ्यो ।








