नारायणी नमुना उच्च मावि यसवर्ष पनि उत्कृष्ट

असार ४ ।चितवन,नारायणी नमुना उच्च माविले विगतमा जस्तै यसवर्षको एसइइ परिक्षामा पनि सामुदायिक विद्यालय मध्यमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

यस मा.वि. गतवर्षको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयतर्फ देशमै दोस्रो भएको थियो ।

विद्यालयका ५० जनाले ‘ए’ प्लस, ८० जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ४१ जनाले ‘बी’ र २७ जनाले ‘सी’ प्लस ल्याएको विद्यालयका प्राचार्य पूर्ण दवाडीले जानकारी दिनु भयो ।

विद्यालयबाट २५२ जनाले परीक्षा दिएका थिए । गतवर्ष सो विद्यालय सामुदायिक विद्यालयतर्फ देशभरको दोस्रो र मध्यमाञ्चलमा प्रथम भएको थियो ।
विसं २०२४ बाट प्रवेशिका दिन थालेको यो विद्यालयमा अहिले कक्ष १० मा २९० जना विद्यार्थी अध्ययनरत छन् ।

प्राचार्य दवाडीले राम्रो नतिजा ल्याउने देशभरका २० वटा विद्यालयमा बुझ्दा आफ्नो विद्यालय अग्रणी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भवतः यो वर्षको परीक्षामा सामुदायिक विद्यालयतर्फ हाम्रो विद्यालय पहिलो हो ।” एक दुई दिनमा यकिन हुने उहाँले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु