जनतामा सेनाप्रतिको विश्वास बढ्दैछ : राष्ट्रपति यादव

ramabar-yadhavफागुन ५ । राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रिय सेनाको रुपमा मुलुकको विविध क्षेत्रमा गरेको प्रशंसनीय कार्यले नेपाली जनतामा सेनाप्रतिको विश्वास र भरोसा उल्लेखनीय रहेको बताउनु भएको छ ।

सेना दिवस २०७१ को अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति यादवले राष्ट्रिय सेनाको रुपमा मुलुकको विविध क्षेत्रमा गरेको प्रशंसनीय कार्यले नेपाली जनतामा सेनाप्रतिको विश्वास र भरोसा उल्लेखनीय रुपमा अभिवृद्धि भएको उल्लेख गर्नुभएको छ ।नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ,”सम्पूर्ण देश र देशवासीको हितका साथै राष्ट्रको सर्वाङ्गीण भलाइका लागि नेपाली सेनाले अथक प्रयास गर्दै आएको छ ।”

राष्ट्रपति यादवले नेपालको समग्र प्रतिरक्षा प्रणालीको सुदृढीकरणतर्फ नेपाली सेनाले तर्जुमा गरेको दीर्घकालीन योजनालाई समयसापेक्ष सम्बोधन गर्दै राष्ट्रिय सुरक्षाको सम्वद्र्धनमा सबै क्षेत्रबाट सकारात्मक सहयोग प्राप्त हुने विश्वास गर्नु भयो ।सेना दिवसकै अवसरमा दिनुभएको सन्देशमा प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर नेपाली सेनाले गरेको महत्वपूर्ण कार्यले देशको इज्जत र प्रतिष्ठा अभिवृद्धि गर्न ठूलो योगदान पुगेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “आफूलाई सुम्पिएको जिम्मेवारी निष्पक्ष, निर्विवाद र व्यावसायिक ढङ्गले सम्पादन गर्ने नेपाली सेनाको परम्पराले यसलाई अझ बढी विश्वसनीय र व्यावसायिक सङ्गठनका रुपमा विकसित गरेको छ ।”
देश र जनताको सुरक्षाको राष्ट्रिय जिम्मेवारी पूरा गर्दै यसले मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने र मुलुकलाई समृद्ध बनाउने कार्यमा पु¥याएको योगदान प्रशंसनीय रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
प्रधानसेनापति गौरवशम्शेर जबराले मुलुकको समावेशीताको नमुना संगठनको रुपमा रहेको नेपाली सेनालाई सरकारले सुम्पिएको जिम्मेवारीलाई सदैव उदाहरणीय तवरमा सम्पादन गरी सम्पूर्ण नेपालीको भरोसाको केन्द्रको रुपमा स्थापित भएको बताउनुभएको छ ।

सम्बन्धित शिर्षकहरु