नहरमा परेर बेपत्ता महिलाको शव फेला

माघ २८ ।नुवाकोट, देवीघाट जलविद्युत् आयोजनामा ल्याएको पानीको नहरमा परेर बेपत्ता भएकी महिला मृत अवस्थामा भेटिएको छ ।
आइतबार अपराह्नदेखि हराएको चारघरे गाविस–४ स्थायी ठेगाना भई वडा नम्बर ९ गौरीबेसीमा बस्दै आएका ४३ वर्षीया बिन्दा तामाङलाई आज नहरभित्र मृत अवस्था भेटिएको हो ।
नहरमा खसेकोभन्दा १०० मिटर पर नहरको बालुवामा पुरिएको अवस्थामा तामाङको शव फेला परेको नुवाकोटका प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिनुभयो ।
तामाङको शव परीक्षणसँगै आजै परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु