मधेसीको अधिकारविहीन संविधान बनाउन दिदैनौ :अध्यक्ष ठाकुर

माघ २५ ।गौशाला, तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्ताधारी पक्षलाई मधेसीको अधिकारविहीन संविधान बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ । सत्तापक्षविरुद्ध आन्दोलनमा उत्रेका ३० दलीय गठबन्धनले शनिबार साँझ महोत्तरीको बहेडाबजारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ठाकुरले मधेसीको अधिकारविहीन संविधान बनाउन कुनै पनि हालतमा नदिने चेतावनी दिनुभएको छ ।
उहाले पहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको संविधान र संविधानसभाबाट अधिकारसहितको संविधान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग गरिएको आठबुँदे सम्झौता लागू गरी वर्तमान संविधानबाटै पनि अन्तरिम शब्द हटाएर यही संविधानलाई पनि नयाँ संविधान बनाउन सल्लाहसमेत दिनुभयो

सम्बन्धित शिर्षकहरु