अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोटविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने

tonyपश्चिमी अष्ट्रेलियाका लिबरल पार्टीका सांसद लुक सिम्पकिन्सले याँहाका प्रधानमन्त्री टोनी अबोटका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने घोषणा गर्नु भएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री टोनी अबोटका विरुद्धमा संसदमा अविश्वासका प्रस्ताव ल्याउने र त्यसको नेतृत्व आफुले गर्ने घोषणा उहाँले शुक्रबार गर्नुभएको हो । अष्ट्रेलियामा केही महिनादेखि राजनीतिक विवाद विवादकै क्रममा उहाँले आफुले नेतृत्व गरी आगामी हप्ता नै प्रधानमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने जानकारी दिनुभएको हो । सांसद सिम्पकिन्सले प्रधानमन्त्री हटाउने अभियान सुरु भएको घोषणा गर्नुभएको हो ।

उहाँले आगामी मङ्गलबारको संसद बैठकमा सो प्रस्ताव आफुले नै ल्याउने बताउनु भयो । अस्ट्रेलीयाली संचार माध्यमाहरुमा उहाँले भन्नुभएको छ, “मलाई लाग्छ अब हामीले प्रधानमन्त्री हटाउने अभियानको नेतृत्व गर्नुपर्छ र आगामी मङ्गलबार सुरुहुने बैठकमा सो प्रस्ताव ल्याइनुपर्छ,त्यसको नेतृत्व आफुले गर्ने घोषणासामना गर्न तयार छु ।” यसैबीच प्रधानमन्त्री अबोटले पनि आफू सो अविश्वासको प्रस्तावको सामना गर्न तयार रहेको बताउनुभएको छ ।

सम्बन्धित शिर्षकहरु